बाम शिक्षक एकता कमिटि गठन
शिक्षकहरुको पेशागत संस्थाका कम्यूनिष्ट घटकहरुले बाम शिक्षक एकता कमिटि गठन गरेका छन् । आसन्न प्रतिनिधि सभा र प्रदेससभा चुनावलाई लक्षित गर्दै यस्तो संयुक्त कमिटि गठन भएको नेपाल राष्ट्रिय शिक्षक संगठनका उपाध्यक्ष किशोर बर्तौलाले जानकारी दिनुभयो ।
नेकपा एमाले जिल्ला कमिटि सदस्य एबम् शिक्षा विभाग प्रमुख पद्मा पौडेलको अध्यक्षतामा भएको भलाले ११ सदसीय कमिटि गठन गरेको हो । शिक्षक संगठन मकवानपुरका अध्यक्ष श्रीराम दहालको संयोजकत्वमा गठित कमिटिमा भोगेन्द्र लुईटेल सह संयमेजक रहनुभएको छ ।
सदस्यहरुमा जिधराज ढकाल, लक्षमी दुलाल, किशोर बर्तोला, पुरुषोत्तम आचार्य, केशब शर्मा, वसन्त राई, गोकुल लम्साल, कृष्ण खनाल, मायाँ छतकुली, रहनुभएको छ । कार्यक्रममा शिक्षक नेताहरु तारानाथ खतिवडा, रमेश प्रसाद लामीछाने, डिल्लीराम सापकोटा, मोहन शर्मा लगायतकाको आतिथ्यता रहेको थियो ।