कलैयामा राजालाई पुनः सकृय हुन आह्वान गर्दै हस्ताक्षर संकलन अभियान संचालन

छहारी संवाददाता
कार्तिक १४, २०७४

कलैयामा राजावादीहरुले पुर्व राजा ज्ञानेन्द्र शाहलाई  पुनः सकृय हुन आह्वान गर्दै जन समर्थनका लागि हस्ताक्षर संकलन अभियान संचालन गरेका छन ।

बारा जिल्लामा मास्टर साहेबको नामले चिनिने राम अयोध्या प्रसाद कानुको अगुवाईमा हस्ताक्षर संकलन कार्यक्रम गरिएको हो ।
रामदअयोध्या प्रसाद कानुले २०४६ को सत्ता परिवर्तन पश्चात राजा बिरेन्द्र जिवित रहेकै बेला बहुदलिय व्यवस्थाको बिरुद्धमा राजा आउ देश बचाउ अभियान सुरु गर्नु भएको थियो ।

आज पनि गणतन्त्रको नाममा देशमा लुटतन्त्र हाबी भइरहेको भन्दै आम नेपालीहरुको भलाईका निम्ति पुनः राजा ज्ञानेन्द्र सक्रिय राजतन्त्र मार्फत नेपालको केन्द्रिय सत्तामा फर्कन अनुरोध गर्नका लागि  हस्ताक्षर संकलन अभियान संचालन सुरु गरिएको कानुले बताउनुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*