तिहारको चौँथो दिन शुक्रबार गोरु तिहार
यमपञ्च अर्थात तिहारको चौँथो दिन शुक्रबार गोरु तिहार । आज वर्षभरी हलो जोतेर अन्न उव्जनी गर्न सहयोग गर्ने गोरुलाई विशेष पूजा गरिन्छ । गोरुको यही परोपकार र सहयोगलाई सम्झेर आजको दिन गोरुको पुजा गरिन्छ ।
गोरुलाई मिठो मिठो घाँसहरु खान दिएर पूजा गर्नाले गोरु जोतेको पाप लाग्दैन भन्ने मान्यता रहेको छ । हिन्दुधर्म शास्त्रका अनुसार गोरु अर्थात् साँढेलाई धर्मको प्रतिक मान्ने गरिन्छ । आजको दिन गाइ र गोरु दुवैको पूजा गर्ने चलन पनि रहेको छ ।
यसैगरि आज द्वापर युगमा अवतरित हुनुभएका भगवान् श्रीकृष्णको संझना मा गोवद्र्धन पुजा पनि गरिन्छ । भगवान् श्रीकृष्णले अहंकारी इन्द्रको घमण्डलाई नाश गर्न व्रजमा गोवद्र्धन पुजाको थालनी गर्नुभएको थियो ।
त्यसबेला देखि हरेक वर्ष कार्तिक शुक्ल पक्षको पहिलो दिन अर्थात् प्रतिपदामा गोवद्र्धन भगवान्को पूजा गर्ने गरिन्छ । गाइको गोवरले पहाड बनाइ त्यस पहाडमा गोवद्र्धन रुपी श्रीकृष्णको पूजा ५६ प्रकारका परिकारहरु चढाएर गर्नु पर्दछ भन्ने शास्त्रिय मान्यता रहेको छ ।
यस्तै आजको दिन नेवारहरुले म्ह पूजा गरि मनाउँदै छन् । । आफुमा रहेको इश्वरलाई चिन भनेर आत्मामा रहेको भगवान् को पुजा गरिने कुरा नेवारी संप्रदायका वृद्ध व्यक्तिहरु बताउँछन् । आज देखि नै नेपालको मौलिक संवत् परिवर्तन हुने गर्दछ ।
आजबाट नेपाल संवत् १९३८ प्रारम्भ भएको छ । नेपालको मौलिक संवत मानिने यस संवत्को आज पहिलो दिन हुने भएकाले हरेक वर्ष कार्तिक शुक्ल पक्षको प्रतिपदा तिथि देखि नेपाल संवत् शुरु हुने गर्दछ र यस दिनलाई नयाँ वर्षको रुपमा समेत मनाउने गरिन्छ ।
आज पनि दिपावली गरेर साँझको समयमा पुरुषहरुले देउसी खेल्ने चलन रहेको छ ।