महिला कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १९ औं बार्षिक साधारण सभा सम्पन्न
मकवानपुर गढी गाउँपालिका–५, आमभञ्ज्याङ्गको महिला कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १९ औं बार्षिक साधारण सभा भएको छ । कार्यक्रममाम जिल्ला सहकारी संघ मकवानपुरका अध्यक्ष बद्री लम्सालको प्रमुख आतिथ्यता तथा सहकारीकी अध्यक्ष सुलोचना स्याङ्गतानको सभाध्यक्षता रहेको थियो ।
कार्यक्रममा मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघकी सहसचिव मिना चौरेल र गढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाँईको बिशेष आतिथ्य रहेको थियो ।
कार्यक्रममा अध्यक्ष स्याङ्तानले बार्षिक प्रगती प्रतिबेदन, सचिव सरिता ढुङ्गानाले आगामी बार्षिक कार्ययोजना, कोषाध्यक्ष ज्ञानु दाहालले आर्थिक प्रतिबेदन, लेखा तथा सुपरिवेक्षण समितिकी संयोजक ईन्दु अधिकारी र ऋण उपसमितिकी संयोजक पार्वती फुँयालले प्रतिबेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा गढी गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष जीतबहादुर घिमिरे, वडा नम्बर ६ का अध्यक्ष टिका दाहाल, प्लान ईन्टरनेशनल मकवानपुरकी बिकास संयोजक प्रभा बानियाँ, ग्रामिण महिला सेवा केन्द्रकी सचिव अचला शर्मा, शारदा उमाबिका अध्यक्ष बिष्णु दंगाल, जनहीत स्वाबलम्बन बचत तथा ऋण सहकारी संस्थाका व्यबस्थापक दीर्घ थापा लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममै सहकारीका सबैभन्दा बृद्धा, सबैभन्दा बढी शेयरधनी, असल ऋणी, सबैभन्दा बढी बचतकर्ता, सबैभन्दा बढी बचतकर्ता समूह लगाएतलाई पुरस्कार प्रदान गरिएको थियो ।