जति जिम्मेवारी बोध र लचकता माओवादीले प्रस्तुत गरेको छ, त्यो सिंगो देशका अगाडिः प्रचण्ड

छहारी संवाददाता
अशोज २९, २०७४

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्टहरुबीचको एकतालाई लिएर कसैले झस्किरहनु पर्ने कारण नभएको बताउनु भएको छ । ।
प्रचण्डले आफूहरु यही संविधान अन्तर्गत रहेर शान्तिपूर्ण तरिकाले अघि बढ्ने बताउनुभयो । कम्युनिष्ट भएको नाताले एउटै केन्द्रको प्रयास गर्नु गलत होइन भन्दै प्रचण्डले ‘नेपाली जनता, सरकार र अन्तर्राष्ट्रिय जगतले समेत यसलाई अतिरन्जित तरिकाले नबुझ्न अनुरोध गर्नुभएको छ ।
प्रचण्डले भन्नुभयो – अहिले वाम एकताको कुरा चलेको छ । मैले त्यसको घोषणा हुनु अघि पनि प्रधानमन्त्रीलाई यो कसैप्रति लक्षित छैन भनेर भनेको हो । अहिले बजारमा आएको चर्चा दुखद छ । कम्युनिष्टको शासन आइहाल्यो भनेर प्रचार गर्नु बिडम्बना हो।
प्रचण्डले अगाडी भन्नुभयो – हामीले यो संसदीय प्रणालीलाई नै स्वीकार गरेका छौं । सामान्य नेताले सक्ने कुरा थिएन– सेना समायोजन र हतियार बुझाउने कुरा । पार्टी विभाजनको जोखिम मोलेर भएपनि यस्तो साहस गर्ने कुरा चानचुने कुरा थिएन । विश्वमा नै यस्तो कहिं देखिन्न । त्यसैले अहिले यही संविधान अन्तर्गत शान्तिपूर्ण रुपमा विचार मिल्ने कम्युनिष्टहरु एक ठाउँ देखिँदा कोही झस्किनुपर्ने कारण छैन । अहिले यो सदनमा समेत जुन विचार व्यक्त भए, त्यसरी डराउनुपर्ने कारण छैन । शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन, समृद्धिका लागि सबैसँग एक भएर जानेमा हामी जिम्मेवार रहनेमा कुनै शंका नगर्न अनुरोध छ ।
हामी कम्युनिष्ट भएका नाताले देशलाई सबै कम्युनिष्ट पार्टीलाई एकीकृत गर्ने कुरा स्वभाविक हो । यसलाई राजनीतिक ढंगले हेर्न कांग्रेसका साथीहरुलाई अनुरोध गर्दछु प्रचण्डले भन्नुभयो । यो एकताको कुरा हामीले दश वर्षदेखि मेहनत गरेको हो । अहिले एक कदम अगाडि बढेका छौं । तर यो देशमा राजनीतिक अस्थिरता पैदा गर्ने, सरकार ढाल्ने, अर्को सरकार बनाउने कुरासँग यो सम्बन्धित छैन ।
यो सरकारविरुद्ध परिलक्षित होइन । बरु यो एकता प्रक्रियाले सरकारका विरुद्ध होइन, बरु सरकारलाई जिम्मेवारी भूमिका निर्वाह गरोस् भनेर एकताको सहमतिको घोषणाको बेला भनिएको छ । तर नेपाली कांग्रेस लगायतका शक्तिसँग मिलेर देशको हित हुन्छ, सहकार्य गर्छौं । यो लुकिछिपी, बेइमानी र षडयन्त्रको कुरा होइन । जति जिम्मेवारी बोध र लचकता माओवादीले प्रस्तुत गरेको छ, त्यो सिंगो देशका अगाडि छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*