प्रदेश र प्रतिनिधिसभाको निर्वाचन मंसिर २१ गते एकै चरणमा गर्न सरकारको प्रस्ताव

छहारी संवाददाता
अशोज २४, २०७४

सरकारले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष प्रदेश र प्रतिनिधिसभाको निर्वाचन मंसिर २१ गते एकै चरणमा गर्ने अनौपचारिक प्रस्ताव गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की मार्फत यस्तो प्रस्ताव गर्नु भएको हो । तर, राष्ट्रपति भण्डारीले निर्वाचन सार्दा गलत सन्देश प्रवाहित हुने भन्दै सरकारलाई सचेत गराउनु भएको छ ।
निर्वाचन एकै चरणमा गर्ने प्रधानमन्त्रीको सन्देश लिएर अर्थमन्त्री कार्की शनिबार बेलुका शीतलनिवास पुग्नु भएको थियो । दलहरू आन्तरिक गठबन्धनमा लागेकाले उम्मेदवार चयनका लागि पनि समयको दबाब परेको र समानुपातिक र प्रत्यक्ष तर्फको उम्मेदवारी मनोनयन कम्तीमा पाँच दिन सार्नु पर्नेज स्तो देखिएको भन्दै मंसिर १० गतेका लागि तोकिएको पहिलो चरणको निर्वाचन स्थगित गरेर २१ गते एकै पटक गर्न राष्ट्रपति समक्ष अर्थमन्त्रीले प्रस्ताव राख्नु भएको बुझिएको छ ।
जवाफमा राष्ट्रपति भण्डारीले सबै दल र निर्वाचन आयोगको सहमतिविना सरकारले निर्वाचनको मिति सार्दा गलत सन्देश जाने बताउनु भएको थियो । सरकारले हिमाली र उच्च पहाडी ३२ जिल्लामा पहिलो चरणमा मंसिर १० गते तथा अन्य पहाडी र तराईका जिल्लामा दोस्रो चरणमा मंसिर २१ गते निर्वाचन गर्ने घोषणा गरेको छ । तर, तयारीका लागि समय अभाव देखाउँदै प्रधानमन्त्री देउवाले अर्थमन्त्री कार्की मार्फत एउटै चरणमा निर्वाचन गर्ने प्रस्ताव राष्ट्रपतिसम्म पु¥याउनु भएको हो ।
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*