नेपाल पत्रकार महासंघमा गोविन्द आचार्यको प्यानल विजयी, अध्यक्षका प्रत्यासी तीर्थ कोइराला करिब सय मतले पराजित
नेपाल पत्रकार महासंघका अध्यक्षमा गोविन्द आचार्य निर्वाचित हुनु भएको छ । प्रेस युनियन सहितका साना दल निकट पत्रकारको गठबन्धनबाट अध्यक्षमा निर्वाचित हुन भएका आचार्यले प्रेस चौतारीका तीर्थ कोइरालालाई करिब सय मतले पछि पार्नु भएको हो ।
आचार्यले ७३२ मत प्राप्त गर्नुभयो भने कोइरालाले ६२७ मत प्राप्त गर्नु भएको छ ।
यस्तै उपाध्यक्षमा ७९६ मत ल्याउँदै विपुल पोखरेल विजयी हुनु भएको छ । उहाँका प्रतिष्पर्धि मातृका पौडेलले ६०२ मत प्राप्त गर्नु भएको छ ।
यस्तै समावेशी उपाध्यक्षमा दिलिप थापा मगरले ८५९ मत प्राप्त गरी विजयी हुनु भएको छ भने महासचिवमा रमेश विष्ट ७५१ मत प्राप्त गर्दै विजयी हुनु भएको छ। प्रतिष्पर्धि बालकृष्ण बस्नेतले ६७१ मत मात्रै प्राप्त गर्नुभएको छ ।
सचिव खुल्लातर्फ राम प्रसाद दाहाल ७४३ मत प्राप्त गरी विजयी हुनु भएको छ भने महिला तर्फ सचिवमा लक्ष्मी पुन विजयी हुनु भएको छ । उहाँले ७८७ मत प्राप्त गर्नु भएको हो ।
त्यसैगरी सचिव (मधेसी) तर्फ शितल महतो, दलित सचिवमा रेमबहादुर विश्वकर्मा र एशोसियट तर्फ प्रकाश थापा र कोषाध्यक्षमा राजेश मिश्र विजयी हुनु भएको छ । यस्तै लेखा समिति संयोजकमा रोशन पुरी विजयी हुनु भएको छ ।