मकवानपुरको बिभीन्न स्थानमा गएको बाढी पहिरोमा परी ७ जनाको मृत्यु, ७ जना वेपत्ता
मकवानपुरको बिभीन्न स्थानमा गएको बाढी तथा पहिरोमा परी ७ जनाको मृत्यु भएको छ । ७ जना हराइरहेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद शर्मा दुवाडीले जानकारी दिनुभयो ।
आइतबार बिहानै बकैया गाउँपालिका १० मंथलीमा मंगलसिङ न्यासुरको घर पहिरोले बगाउँदा एकै परिवारका सात जना ७ जना बेपत्ता भएका हुन् ।
यस्तै, बकैयाँ गाउँपालिका १ धियालमा खोलाले बगाएर स्थानिय सुनमायाँ मोक्तानको मृत्यु भएको ५ । यसैगरी बकैयाँ ६ को सुकौरा खोलाले बगाउँदा स्थानिय बिरबहादुर घलान बेपत्ता भएका छन् ।
बकैया गाउँपालिकाकै ६ नम्बर वडाको मन्दुगाउँका ४२ वर्षक बिरबहादुर घलानलाई स्थानिय खोलाले बगाउँदा उनको मृत्यु भएको छ भने बकैयाँको फापरबारीमा खोलाले बगाएर एक जना बेपत्ता भएका छन् । हिजो मकवानपुरको भिमफेदी गाउँपालिका वडानंम्बर ८ ईपा पाखाटोलमा पहिरोले पुरेर मिठु दानीको मृत्यु भएको थियो ।
यस्तै, हेटौडा उपमहाँनगरपालिका १३ पदमपोखरीका २४ वर्षका ज्ञानबहादुर हिमडुङको राप्ति खोलाले बगाएर मृत्यु भएको छ । हिमडुङको सब नबलपुरको झोलुङगेपुल मुनीबगरमा भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
यसैबीच, बाढिपहिरो पिडीतलाई हेटौडाको चुरेहिल अस्पतालले निशुल्क रुपमा उपचार गरिदिने घोषणा गरेको छ । यता खानेपानी ब्याबस्थापन बोर्डले हेटौडा कमलडाँडाका वासिन्दालाई निशुल्क खानेपानी बितरण गरेको छ ।