सप्तरीका बाढीपीडितलाई तत्काल क्षतिपूर्ति दिन प्रधानमन्त्री देउवाको निर्देशन

छहारी संवाददाता
साउन २७, २०७४

प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरीमा आएको बाढीबाट नष्ट भएको धनजनका लागि तत्काल क्षतिपूर्ति दिन निर्देशन दिनुभएको छ ।
बिहीबार प्रधानमन्त्रीले सप्तरीको स्थानीय प्रशासनलाई निर्देशन दिँदै बाढीबाट थप धनजनको क्षति हुन नदिन र समयमै व्यवस्थापन गर्न निर्देशन दिनु भएको हो ।
बिहीबार सप्तरीमा आएको बाढीका कारण राजविराज नगरपालिकाको वडा नम्वर १५ मा धनजनको क्षति भएको छ । त्यहाँका केही घरहरु ढुवानमा परेका छन् ।
प्रधानमन्त्रीले तराईको उच्च जोखिम भएको क्षेत्रमा सम्भावित बाढीको पूर्व व्यवस्थापन गरेर जोखिमयुक्त वस्तीहरु स्थानान्तरण गर्न पनि निर्देशन दिनुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*