श्रीवैष्णव युवा परिषद् नेपालको केन्द्रीय महाधिवेशन हेटौँडामा

छहारी संवाददाता
साउन २६, २०७४

श्रीवैष्णव युवा परिषद् नेपालको केन्द्रीय महाधिवेशन हेटौँडामा सुरु भएको छ । श्रीवैष्णव युवा परिषद् नेपालका केन्द्रीय अध्यक्ष स्वामी ऋषि प्रपन्नाचार्यको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा परिषद्का केन्द्रीय अध्यक्ष स्वामी देवराजाचार्यको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, समाजसेवी अरुणराज सुमार्गी, मकवानपुर उद्योग वाणिज्य संघका राजकुमार न्यौपाने, हिन्दु जागरण नेपालका संयोजक रामकृष्ण उपाध्याय, श्री परांकुश स्वामी, श्रीवैष्णव परिषद् नेपालका केन्द्रीय उपाध्यक्ष पदम्धर आचार्य लगायतकाको आतिथ्यता रहेको थियो ।
कार्यक्रमको उद्घाटन भौतिक पुर्वाधार तथा यातायात मन्त्री विरबहादुर बलायरले गर्ने भनिएको थियो तर मौसममा आएको खराबीका कारण उहाँ उपस्थित हुन सक्नु भएन ।  माहाधिबेसनको  बन्दसत्र २७ गते  अर्थात भोलि बिहान र २८ गते घोषणा सत्र लक्ष्मीनारायण मन्दिर हेटौंडामा हुने बताइएको छ । माहाधिबेसन २८ गते सकिनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*