आज सोमबार श्रावण शुक्ल पूर्णिमा अर्थात रक्षाबन्धन, तराईका २० जिल्लामा सार्वजनिक विदा
सरकारले तराई क्षेत्रका विभिन्न २० जिल्लामा आज सार्वजनिक विदा दिएको छ । आज सोमबार श्रावण शुक्ल पूर्णिमा अर्थात रक्षाबन्धन परेकोले गृहमन्त्रालयले विज्ञप्ति निकालेर तराईका विभिन्न २० जिल्लामा सार्वजनिका विदा दिएको हो ।
झापा,मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी, रुपन्देही, कपिलवस्तु, बाँके, बर्दिया, कैलाली, दाङ, कञ्चनपुर र उदयपुरमा सरकारले सोमबार सार्वजनिका विदा दिएको हो ।
सोमबार चन्द्रग्रहण लाग्ने हुँदा प्राय क्षेत्रमा भने नाग पञ्चमीकै दिन रक्षाबन्धन मनाइ सकिएको छ । सोमबार अर्धरात्रि पूर्व खण्डग्रास चन्द्रग्रहण परेकाले नागपञ्चमीकै दिन रक्षाबनधन मनाइएको हो । यसअघि विसं १९६३ र ०८२ तथा ०२८ र ०४७ सालमा पनि नागपञ्चमीका दिन रक्षाबन्धन पर्व मनाइएको थियो ।
तराई क्षेत्रका केही जिल्लामा भने सोमबार नै रक्षाबन्धन मनाउन लागिएको छ ।
सोमबार राति ११ बजेर ७ मिनेटदेखि ग्रहणले स्पर्श गर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभएको छ ।
मध्यराति १२ बजेर ६ मिनेटमा ग्रहणको मध्यकाल हुनेछ । एक बजेर चार मिनेटमा मोक्षकाल अर्थात् ग्रहण सकिने उहाँले बताउनुभयो । एक घण्टा ५७ मिनेट लाग्ने ग्रहण नेपालबाट पनि देखिनेछ ।