अपडेटः पहिलो काम एकल महिलाहरुको पक्षमा गर्छु: रेणु दाहाल
भरतपुर महानगरपालिकाको मेयर पदमा विजयी माओवादी केन्द्र र नेपाली कांग्रेसकी साझा उमेद्दवार रेणु दाहालले पहिलो काम एकल महिलाहरुको पक्षमा गर्ने बताउनु भएको छ ।
मेयर पदमा विजयी भएपछि संचारमाध्यमलाई प्रतिक्रिया दिँदै उहाले भरतपुर महानगरपालिकालाई व्यवस्थीत र संमृद्ध बनाउने प्रतिबद्धता समेत व्यक्र गर्नु भयो ।
नेकपा एमालेका मेयर उम्मेदवार देबी ज्ञवालीलाई २ सय ३ मतले हराउँदै रेणु भरतपुरको मेयर पदमा निर्वाचित हुनु भएको हो । मेयर विजयी रेणु दाहालले ४३१२७ मत प्राप्त गर्नुभयो भने उहाँका प्रतिष्पर्धी देवी ज्ञवालीले ४२९२३ मत प्राप्त गर्नु भएको छ ।