पहिलो काम एकल महिलाहरुको पक्षमा गर्ने: भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल
भरतपुर महानगरपालिकाको मेयर पदमा विजयी माओवादी केन्द्र र नेपाली कांग्रेसकी साझा उमेद्दवार रेणु दाहालले पहिलो काम एकल महिलाहरुको पक्षमा गर्ने बताउनु भएको छ ।
मेयर पदमा विजयी भएपछि संचारमाध्यमलाई प्रतिक्रिया दिँदै उहाले भरतपुर महानगरपालिकालाई व्यवस्थीत र संमृद्ध बनाउने प्रतिबद्धता समेत व्यक्र गर्नु भयो ।
नेकपा एमालेका मेयर उम्मेदवार देबी ज्ञवालीलाई २ सय हराउँदै रेणु भरतपुरको मेयर पदमा निर्वाचित हुनु भएको हो । यसबारे निर्वाचन अधिकृतको कार्यालयले औपचारिक घोषणा भने केहिबेरमा गर्दैछ ।