कर्तव्य ज्यान मुद्धामा फरार रहेका बाराका एकै परिवारका पाँच जना पक्राउ

छहारी संवाददाता
साउन २०, २०७४

कर्तव्य ज्यान मुद्धामा फरार रहेका बाराको भोडाहा ८ (हाल २२) धोधा गाँउका एकै परिवारका पाँच जनालाई बिहिबारविरगंज प्रहरीले पक्राउ गरेको छ ।
आफ्नी १७ वर्षकी छोरी प्रियंकासंग प्रेम  सम्बन्ध राखेको भन्दै ४६ वर्षका कृष्ण शाहले रौतहटको सन्तपुर दोस्तीया ७ का पुनदेव यादवको हत्या गरेका थिए ।
उनले आफ्ना बाबु ६४ वर्षका मिश्रि शाह, श्रीमती ४५ वर्षकी रामपतियादेवी, छोराहरु १० वर्षका प्रमोद र २१ वर्षका राजेशसंगको मिलेमतोमा २०७२ साल फागुन ४ गते राती आफ्नै घरमा बोलाएर पुनदेवको हत्या गरेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई नेपाल–भारत अन्तरदेशिय सूचना समन्वयका आधारमा क्षेत्रिय प्रशासन कार्यालय हेटौडाको अनुशन्धान टोली र जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीको संयुक्त प्रयासमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरिक्षक चक्रराज जोशीले जानकारी दिनुभयो ।  
हत्या गरी फरार रहेका उनीहरु भारतको मोतिहारी लगायतका जिल्लामा लुकिछिपि बस्दै आएको भएपनि सुराकीको आधारमा विरगंज १६ इनरवाबाट पक्राउ गर्न सफल भएको जोशीले बताउनु भयो ।

बाटोमा हिड्दै गरेको अवस्थामा उनीहरुलाइ पक्राउ गरिएको हो ।  उनीहरुले पुनदेवको हत्या गरी शरिरका विभिन्न भागलाई काटेर हाफ्नै खेत तथा नहरमा गाडेका थिए । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा बुझाइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*