भरतपुर १९ मा भोलि हुने पुनः मतदानको लागि आवश्यक तयारी तीव्र
चितवनको भरतपुर महनगरपालिका १९ मा भोलि हुने पुनः मतदानको लागि आवश्यक तयारी तीव्र पारिएको छ ।
साउन २० गते अर्थात भोलि हुने पुनःमतदानका लागि मतदान अधिकृतसहित ३६ जना कर्मचारी खटिएको सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार वर्षाले मतदान प्रक्रिया प्रभावित हुनसक्ने भएकाले मतदान स्थलमा पानी नपस्ने टेण्टको समेत व्यवस्था गरिएको छ । मतदान स्थलको १०० मिटर वरपर निषेधित क्षेत्र घोषणा गरेर कर्मचारीले आवश्यक तयारी गरिरहेको घिमिरेले जानकारी दिनुभयो ।
निर्वाचनका लागि बुधबारदेखि नै मौनअवधी सरु भएको छ । भरतपुर–१९ मा तीनवटा मतदान स्थलमा ६ वटा मतदान केन्द्र रहेको छ । किरण मावि, किरणगञ्ज मतदानस्थलमा एक हजार २४८, जीवनज्योति स्कुल गुञ्जानगरमा एक हजार ३०६ र शारदानगर माविमा एक हजार २४३ गरी कुल तीन हजार ७९७ मतदाता छन् ।
हरेक मतदान स्थलमा आजै मतपत्र पु¥याइने छ ।
जेठ १४ गते राति गणनाका क्रममा मतपत्र च्यातिएपछि विवादित बनेको भरतपुर–१९ को मतदानको विषयमा सर्वोच्च अदालतले शनिबार निर्वाचन आयोगको निर्णय सदर गर्दै पुनः मतदानको फैसला सुनाएपछि शुक्रबार निर्वाचन हुन लागेको हो ।
केहिले सर्वोच्चको यो निर्णयलाई न्यायोचित भनेका छन् भने केहिले गलत नजिर बस्ने भन्दै बिरोध गरेका छन् । त्यसैले पनि भरतपुर–१९ को पुनः मतदानलाई महत्वका साथ हेरिएको छ ।