नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षकमा ११ जना बढुवा

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा वाग्ले नियुक्त
छहारी संवाददाता
साउन १९, २०७४

सरकारले नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षकमा ११ जनालाई बढुवा गरेको छ । बिहिबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

बढुवा हुनेमा प्रहरी नायब महानिरीक्षकहरु बमबहादुर भण्डारी, जयबहादुर चन्द, देवेन्द्र सुवेदी, पशुपति उपाध्याय, केशरीराज घिमिरे, माधवप्रसाद जोशी, विजयलाल कायस्थ, कमलसिंह बम, मिङमार लामा, रणबहादुर चन्द र विजयकुमार भट्टराई रहेका छन् ।
यस्तै राष्ट्रिय योजना आयोगको रिक्त उपाध्यक्ष पदमा डा. स्वर्णीम वाग्लेलाई नियुक्त गरिएको छ । गत सोमबार आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले राजीनामा दिएपछि सो पद रिक्त थियो । नवनियुक्त डा. वाग्ले यसअघि दुई पटक आयोगको सदस्य रहिसक्नु भएको छ ।
सार्वजनिक वित्त, अन्तर्राष्ट्रिय व्यापार, लगानी र प्रतिस्पर्धात्मक क्षमताका विज्ञ वाग्ले यसअघि तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको सरकारमा पनि योजना आयोगका सदस्य हुनुहुन्थ्यो । अस्टेलियन नेसनल विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि गर्नु भएका वाग्लेले अमेरिकाको हार्भड विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय विकासमा स्नातकोत्तर र बेलायतको लन्डन स्कुल अफ इकोनोमिक्सबाट अर्थशास्त्रमा स्नातक गर्नु भएको छ ।

उहाँले विश्व बैंकको मुख्यालय वासिंगटन डिसीमा वरिष्ठ अर्थशास्त्रीको रूपमा समेत लामो समय काम गर्नु भएको थियो । वाग्ले २०४६ सालको एसएलसीका बोर्ड सेकेन्ड पनि हुनुहुन्छ । वाग्ले उपाध्यक्ष भएपछि आयोगमा एउटा सदस्य पद रिक्त भएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*