संस्कृत साहित्यका विद्वान आचार्य केशवशरणको निधन

छहारी संवाददाता
साउन १९, २०७४

संस्कृत साहित्य तथा हिन्दु धर्मका विद्वान आचार्य खेमराज केशवशरणको निधन भएको छ । आचार्यको ८० वर्षको उमेरका गएराती निधन भएको हो ।
मस्तिष्कमा रक्तस्राव भई असार १२ गतेदेखि काठमाडौं मित्रपार्कस्थित दीर्घायु गुरु हस्पिटलको सघन कक्षमा उहाँको उपचार भइरहेको थियो । उपचारकै क्रममा उहाँको निधन भएको हो ।
संस्कृतमा व्याकरणतीर्थ र साहित्याचार्य तथा अंग्र्रेजी भाषाको समेत राम्रो ज्ञान भएका आचार्य केशवशरण १९९४ सालमा भारतको आसाममा जन्मनु भएको थियो ।
संस्कृत साहित्य र हिन्दु धर्मको प्रचारप्रसार तथा विकासमा सक्रिय आचार्य गीत तथा भजन रचना, रेडियो कार्यक्रम सञ्चालन,  प्रवचन र पुस्तक लेखनका लागि प्रसिद्ध हुनुहुन्थ्यो ।  संस्कृत, नेपाली, हिन्दी र अंग्रेजी भाषामा रचना गरिएका उहाँका कृतिहरूको संख्या ४३ वटा रहेको छ ।

उहाँले चार दशक बढी रेडियो नेपालमा धार्मिक कार्यक्रम सञ्चालन गर्दै आउनु भएकोथियो । स्थापनाकालदेखि नै रेडियो नेपालमा बज्दै आएको ‘ॐ हर हर हर महादेव’, ‘नेपाल जननी बन्दे’ लगायत सयौं भजनका रचियता केशवशरणलाई ‘सन्त शिरोमणि’ को समेत विशेषण दिइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*