विश्व स्तनपान सप्ताह सुरु
विश्व स्तनपान सप्ताह मंगलबारदेखि विभिन्न चेतनामूलक कार्यक्रमका साथ सुरु भएको छ । "सबै मिली स्तनपानलाई बनाऔँँ दिगो" भन्ने मुल नाराका साथ आजदेखि साउन २३ गतेसम्म विश्व स्तनपान सप्ताह सन्चालन हुनेछ ।
जिल्ला जिल्लामा स्तनपान सम्बन्धी चेतनामूलक कार्यक्रम गरी सुरु गरिएको सप्ताह अवधिभरि स्तनपानको महत्वबारे स्थानीय जनसमुदायलाई सचेत गराउन, शिशु जन्मेको एक घन्टाभित्र स्तनपान गराउने सङ्ख्या बढाउन र स्तनपान नगराउनाले हुने समस्याका बारेमा सचेत गराउन जनचेतनामूलक कार्यक्रम गरिने स्वास्थ्य सेवा विभाग बालस्वास्थ्य महाशाखाले जनाएको छ ।
विश्व स्तनपान दिवस सन् १९९२ देखि नेपालसहित विश्वभरि नै मनाउन सुरु गरिएको हो । नेपालमा ३४ प्रतिशत आमाले शिशुलाई पूर्ण रुपमा स्तनपान नगराउने भेटिएको छ । ६६ प्रतिशत महिलाले मात्र सन्तानलाई पूर्ण रुपमा स्तनपान गराउने गरेको सन् २०१६ को सरकारी तथ्यांकमा उल्लेख छ ।