प्रधानमन्त्री देउवा मंगलबार भोलीसम्म मन्त्रीपरिषद विस्तार गर्ने तयारीमा

छहारी संवाददाता
साउन ९, २०७४

प्रधानमन्त्री शेरबहादुर देउवा मंगलबार अर्थात भोलीसम्म मन्त्रीपरिषद विस्तार गर्ने तयारीमा लाग्नु भएको छ । केन्द्रीय समितिको बैठक सकिए लगत्तै देउवा मन्त्रीपरिषद विस्तार गर्ने तयारीमा रहनु भएको स्रोतले बताएको छ । यद्यपी सोमबार केन्द्रीय समितिको बैठक सकिने नसकिने टुंगो नभएकाले मन्त्रीपरिषद विस्तारको  टुंगो लागिनसकेको उहाँ निकट नेताहरुले बताएका छन् ।
प्रधानमन्त्री देउवा अहिले कांग्रेसका १०, माओवादी केन्द्रका ६, लोकतान्त्रिक फोरमका २ र नेकपा संयुक्तबाट एक मन्त्रीसहित १९ जनालाई मन्त्री बनाउने तयारीमा हुनुहुन्छ । । कांग्रेसबाट बलबहादुर केसी, रामकृष्ण यादव, मीन विश्वकर्मा, भिष्मराज आङदेम्बे, मोहनबहादुर बस्नेत, भिमसेनदास प्रधान, सरिता प्रसाई, कमला पन्त, बद्री पाण्डे, जीवन परियार मध्यबाट मन्त्री बन्ने सम्भावना रहेको स्रोतका भनाइ छ ।
तर कांग्रेसभित्र नेता रामचन्द्र पौडेल पक्षले पाँचजना मन्त्री नपाए मन्त्री बन्नेको नामै नदिने तयारी पनि गरिरहेको बुझिएको छ। यस्तै माओवादीबाट गिरिराजमणी पोखरेल, टेकबहादुर बस्नेत, उमेश यादव, रेखा शर्मा लगायतबाट मन्त्री बन्नेको नाम टुंग्याउने तयारी छ ।
राप्रपा अहिले सरकारमा जाने नजाने टुंगो नलागेकाले अहिले राप्रपालाई नपर्खिइने कांग्रेस नेता डा। महतले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*