मकवानपुरमा माउन्टेन ड्यु बिक्री बितरणमा रोक लगाउन माग गर्दै उजुरी दर्ता

छहारी संवाददाता
साउन ९, २०७४

पेय पदार्थ माउन्टेन ड्युको बोतल भित्र पुकारको प्लाष्टिकको टुक्रा फेला परेको भन्दै घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरमा उजुरी दर्ता भएको छ ।

उपभोक्ता हित संरक्षण मन्च मकवानपुरका अध्यक्ष बासु खतिवडाले माउन्टेन ड्यु कम्पनि बिरुद्ध घरेलु कार्यालयमा उजुरी दर्ता गराउनु भएको हो । उजुरिमा  पेय पदार्थ माउन्टेन ड्युलाई हदै सम्मको कार्बाही तथा जरिवाना गर्न माग गरिएको छ ।

यस मुद्धाको किनारा नलागुन्जेल सम्मका लागि मकवानपुरमा माउन्टेन ड्यु बिक्री बितरणमा रोक लगाउन समेत माग गरिएको उपभोक्ता हित संरक्षण मन्च मकवानपुरका अध्यक्ष बासु खतिवडाले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*