जिल्ला अदालत मकवानपुरमा जबरजस्ती करणीका ४० वटा मुद्धा दर्ता
गत आर्थिक बर्षमा जिल्ला अदालत मकवानपुरमा जबरजस्ती करणीका ४० वटा मुद्धा दर्ता भएका छन् ।
जस मध्य २३ वटा मुद्धाको फच्र्यौट भएको र अन्य १७ वटा मुद्धाको फच्यौट हुन बाँकी रहेको जिल्ला अदालत मकवानपुरका श्रेस्तेदार अनन्तराज मरासिनीले जानकारी दिनुभयो ।
करणीका ४० वटा मुद्धामा ३१ वटा जबरजस्ती र ९ वटा अन्य करणीका मुद्धा दर्ता भएको मरासिनीले बताउनुभयो ।