अपडेटः गायक पंगेनी अझै प्रहरी हिरासतमा, संचारकर्मी र सुवेच्छुकलाई दिए झुठो प्रतिक्रिया
लोकदोहोरी गित प्रतिष्ठानका अध्यक्ष तथा बरिष्ठ लोक गायक बद्री पंगेनी जुवाको खालबाट पक्राउ परेका छन् । पंगेनी मंगलबार राती काठमाडौंको बाँसबारी क्षेत्रबाट पक्राउ परेका हुन् ।
जुवा खेलिरहेका बेला गायक पंगेनीसहित ११ जना पक्राउ परेको महाराजगंज प्रहरीका डिएसपी गोबिन्द पुरीको भनाइ छ । उनीहरुको साथबाट प्रहरीले २ लाख रुपैयाँ समेत बरामद गरेको छ ।
यद्यपी जुवा खेलेको हेर्न जादाँ आफू पक्राउ परेको पंगेनीले बताएका छन् । यसअघि पंगेनीले पत्रकारलाई आफु पक्राउ परेकोे खबर निराधार रहेको र आफु अध्यक्ष रहेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको बैठकमा बसिरहेको प्रतिक्रिया दिएका थिए ।
प्रतिष्ठानको बैठक अहिले उनको उपस्थीति विना नै बस्दै छ । पंगेनी प्रहरी हिरासतमै रहेकाले बरिष्ठ उपाध्यक्ष रमेश विजिको अध्यक्षतामा बैठक बस्न लागेको हो । गायक पंगेनीले आफु पक्राउ नपरेको र प्रतिष्ठानको बैठकमा रहेको भन्दै संचारकर्मी र सुवेच्छुकहरुलाई झुठो प्रतिक्रिया दिएको बुझिएको छ । तर प्रतिष्ठानका पदाधिकारी र प्रहरी अधिकारीहरुले पंगेनी हिरासतमै रहेको बताएका छन् ।