एक वर्षमा २५ वटा गैंडा मरे
चितवन राष्ट्रिय निकुञ्ज तथा आसपास क्षेत्रमा गएको एक वर्षमा विभिन्न कारणले २५ वटा गैंडा मरेका निकुञ्जले जनाएको छ ।
निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार २१ वटा गैंडा प्राकृतिक कारणले र चारवटा गैंडा मानवीय कारणले मरेका छन् ।
अघिल्लो वर्षको साउनदेखि अहिलेसम्म मरेका २५ गैंडामध्ये एउटा तस्करबाट र दुईवटा करेन्ट लागेर मरेका हुन् । यसअघिको वर्षमा १५ वटा गैंडा मरेकोमा यो वर्ष बढेर २५ पुगेको निकुञ्जले जनाएको छ । साभारः उज्यालो अनलाइन