हेटौंडामा १० महिने निशुल्क कुक तालिमको उद्घाटन

छहारी संवाददाता
साउन ३, २०७४

हेटौंडामा मंगलबार १० महिने निशुल्क कुक तालिमको उद्घाटन गरिएको छ ।  तालिमको उद्घाटन गर्दै होटल एसोशिएसनका कार्यबाहक अध्यक्ष शंकरलाल श्रेष्ठले  युवा शक्ति र सीप विकासको लागि कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।
तालिममा मकवानपुर सहित बारा,पर्सा,रौतहट लगाएतका जिल्लाका ६० जन प्रशिक्षार्थी सहभागी हुने आयोजक सुर्यमणि प्राविधिक शिक्षालय प्रालिले जनाएको छ ।
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद , दिगो तथा सम्मानित रोजगारीका लागि सिप परियोजना अन्तरगत  तालिम दिन लागिएको हो । कार्यक्रम संयोजक संगिता परीयारको सभाध्यक्षता तथा क्षेत्रीय अनुगमन अधिकृत कुशल गुरुङको बिषेश आतिथ्यतामा कार्यक्रम भएको हो ।
तालिम २०–२० जनाको ३ वटा समुह विभाजन गरी संचालन गरिने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*