घरेलु हिंसाका रुपमा बिकसित हुदैछ पुरुष हिंसा पनि

छहारी संवाददाता
असार २५, २०७४

""

घरेलु हिंसा के हो ?
          घरेलु हिंसा (कसुर र सजाय) ऐन २०६६ एनको दफा २ को खण्ड क मा घरेलु हिंसा भन्नाले कुनै व्यक्तिले घरेलु सम्बन्ध अर्को कुनै व्यक्तिलाई दिएको शारिरीक,मानसिक,यौनजन्य वा आर्थिक यातना सम्झनु पर्छ र सो शब्दले गाली गर्ने तथा भावनात्मक चोट पुर्याउने अन्य कुनै कार्यलाई समेत जनाउँछ । भनेर घरेलु हिंसालाई फराकिलो दायरामा परिभाषित गरेको देखिन्छ ।

यो परिभाषाले घरेलु हिंसा महिला माथि मात्र हुदैन पुरुष माथि पनि हुन सक्छ भन्ने कानुनले नै संकेत गरेको देखिन्छ । यति हुदा हुदै पनि मान्छेहरुमा एउटा छाप के छ भने घरेलु हिंसा भन्नासाथ महिला माथि नै हुने हिंसा हो । मान्छेहरुमा रहेको यहि बुझाइका कारण पुरुष माथि पनि हिंसा हुन्छ भन्ने कुरा सहजै स्विकार्न मान्छेहरु तयार देखिदैनन ।

अझ घरेलु हिंसाका बारेमा प्रष्टसंग भन्ने हो भने घरेलु हिंसा भन्नाले व्यक्तिगत सम्बन्धमा एक पक्षले अर्को पक्षलाई आफ्नो अधिनमा राख्नका लागि गरिने दुव्र्यवहार हो । यस भित्र गालीगलौज, यौन दुव्र्यवहार, कुटपिट, मानसिक दुव्र्यवहार, सामाजिक दुव्र्यहार, चिढ्याउने, आर्थिक दुव्र्यवहार तथा भावनात्मक दुव्र्यवहारलाई बुझिन्छ ।

उदाहरणका लागि हिर्काउनु, धकेल्नु, हातहतियार देखाएर तर्साउनु, अर्थिक रुपमा आफू मात्र सबल बन्नु, इमेल तथा टेलिफोन कलको निगरानी राख्नु, घरमा थुनेर राखिनु, पासपोर्ट तथा भिषा नदिनु, दुःख दिने र मार्नेसम्मको डर देखाउनु जस्ता कुरा घरेलु हिंसामा पर्छन् । घरेलु हिंसालाई प्रायः लैंगिक अपराधका रुपमा पनि प्रस्तुत गरिन्छ किनभने यसबाट पीडित हुने महिलाको संख्या धेरै छ यध्यपि पुरुषहरु पनि हिंसा पिडीत नहुने होइनन । घरेलु हिंसा (कसुर र सजाय) ऐन २०६६ एनको दफा ४ ९१०  मा भएको घरेलुहिसा भएको, भैरहेको वा  हुन लागेको थाहा पाउने जुनसुकै व्यक्तिले सो सम्बन्धी विवरण खुलाइ प्रहरी कार्यालय वा राष्ट्रिय महिला आयोग वा स्थानीय निकाय समक्ष लिखीत वा मौखिक उजुरी दिन सकिन्छ भन्ने कानुनी व्यवस्थालाई हेर्ने हो भने राज्यले पनि पुरुष हिंसाको परिकल्पना गरेको देखिदैन ३रेलु हिंसा भन्नासाथ महिला माथि मात्र हुन्छ भनेर सोचिएकै कारण पनि पुरुष हिंसाको दिन प्रतिदिन बढोत्तरी हुनुमा राज्य नै दोषी छ भन्दा पनि फरक नपर्ला । यध्यपि दिनानुदिन पुरुष हिंसाका घटनाहरु बढीरहेको कुरा कसैबाट छुपेको छैन । 

विकसित मुलुक र दुनियाँको सपनाको देशहरु मध्ये अष्टेलिया पनि एक हो त्यस्तो विकसित मुलुकमा समेत ९५ प्रतिशत महिलाहरु पुरुषको दुव्र्यवहारबाट पीडित छन् ९अपराध अनुसन्धान तथा तथ्याङ्क विभाग० कम्तिमा चार जनामा एक जना अस्ट्रेलियन महिला आफ्नो जीवन कालमा कुनै न कुनै बेला घरेलु हिंसाको शिकार हुने तथ्याङ्कले देखाएको छ ।

घरेलु हिंसा कहाँ र कसरी हुन्छ ?
          घरेलु हिंसा सबै संस्कृति, धर्म, उमेर, आर्थिक समाजिक र भौगोलिक पृष्ठ भूमिमा हुने गर्छन् । यो प्रायः पारिवारिक हुन्छ, तथापि मानिस सुरक्षा चाहन्छ र ऊ सुरक्षित रहनु उसको अधिकार पनि हो । घरेलु हिंसाले पीडितलाई कसरी कष्टमा पार्छ रु घरेलु हिंसाका कारण मानिसमा डर, त्रास शारीरिक चोटपटक र मनोवैज्ञानिक कष्ट अर्थात मानसिक यातना हुन्छ । जसका कारण मानिसमा मृत्यु, अपाङ्गता, उदासिनता, मानसिक र शारीरिक समस्या ल्याउने गरेको पाइन्छ ।

घरेलु हिंसाको गम्भिर नकारात्मक असर बालबालिका तथा युवामा पर्छ र यो बालबालिका माथि हुने दुव्र्यवहारको रुप पनि हो । घरेलु हिंसा देखेका बालबालिका तथा युवा त्रसित र उदासिन त हुन्छन् नै साथै विद्यालयमा पनि राम्रो नतिजा ल्याउन सक्दैनन् । घरेलु हिंसा बढ्दै गएर गम्भिर चोटपटक र कहिलेकाहीँ मृत्युसम्म निम्त्याउँन सक्ने हुदा हिंसा पीडितलाई उनीहरुको प्रतिष्ठा र आदरका साथ सुरक्षा प्रदान गर्नु मुख्य चुनौतीको कुरा हो ।

पुरुष पनि घरेलु हिंसाबाट पीडित हुन्छन भन्ने विभिन्न समयमा भएका अधययनहरुले देखाएका छन । घरेलु हिंसाको शिकार प्रायः महिला मात्र हुने गरेको देखाए पनि वास्तविकतामा भने पुरुष झन् यसको शिकार भएको केही अध्ययनको दाबी छ । प्रत्येक ६ वटा घरेलु हिंसाका घटनामा एक जना पुरुष पीडित हुने गरेको तथ्याङ्कहरुले देखाउने गरेको छ ।

अस्ट्रेलियामा पुरुष अधिकारका लागि कार्यरत एउटा संस्थाले आफ्नी श्रीमती वा केटी साथीबाट पुरुषहरु बढी पीडित भएको जनाएको छ । पुरुष घरेलु हिंसाको शिकार भएका घटनामा पुरुषलाई मात्र दोषी भनिनु ज्यादै गलत भ्रम भएको समेत दाबी उक्त संस्थाले गरेको छ ।

केन्द्रीय तथ्याङ्क विभागका अनुसार, प्रत्येक ४ मा एक महिला र ६ मा एक पुरुष आफ्नो जीवनमा हिंसाको शिकार हुने गरेका छन् । सामाजिक तथा आपराधिक समस्याको रुपमा रहेको घरेलु हिंसाबाट ठूलो संख्यामा महिला र पुरुष दुवै प्रभावित भएका छन् । महिला र पुरुष बिच राज्यले समान गर्न त खोज्यो तर पक्षपात गरेको कुरा दुइचार ऐन पल्टाए मात्रै पनि बुझ्न सकिन्छ ।

सम्बन्ध बिच्छेद सम्बन्धी कानुन तथा घरेलु हिंसा ९कसुर र सजाय० ऐन २०६६ एनको दफा ४ ९१०  मा भएको कानुनी व्यवस्थाले पुरुष माथि घरेलु हिसा भएको अवस्थामा उजुरी दिन कहाँ जाने रु राज्यले यस तर्फ ध्यान दिनु जरुरी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*