बालसंवेदनशील पत्रकारिता पुरस्कार सीआईएनकी लक्ष्मी बस्नेत सहित ९ जनालाई प्रदान
नेपाल पत्रकार महासंघ र नेपाल सरकार, केन्द्रीय बालकल्याण समितिले दिने बालसंवेदनशील राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरेको छ ।
पुरस्कृत पत्रकारहरुमा रेडियो पत्रकारितातर्फ सीआईएनका लक्ष्मी बस्नेत, छापा माध्यमतर्फ काठमाडौं उपत्यकाबाट अन्नपूर्ण पोष्टका रामकला खड्का, मोफसलबाट बुटवलका मुकेश पोखरेल, टेलिभिजनतर्फ उपत्यकाबाट सलिना उप्रेति र संस्कृति चालिसेले संयुक्त र मोफसलबाट टेलिभिजनतर्फ नेपालगंजका कृष्ण अधिकारी प्रदान गरिएको छ ।
यसैगरी मोफसलबाट रेडियोतर्फ विराटनगरका सुमन सुस्केरा र कार्यक्रम सञ्चालकतर्फ काठमाडौं मेट्रो एफएमका रुपा शर्मा तथा मनोजकुमार मेहतालाई प्रदान गरिएको छ ।
जनही २५ हजार रुपैया राशीको पुरस्कार उपत्यका र मोफसलका रेडियो, छापा र टेलिभिजन माध्यम गरी ९ जनालाई प्रदान गरिएको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष डा।महेन्द्र विष्टले पुरस्कृत पत्रकारहरुलाई बधाई तथा शुभकामना दिनुहँुदै बालबालिकाका विषयमा सबै पत्रकारहरु संवेदनशील हुन आग्रह गर्नुभयो ।
महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयका सचिव खगराज बरालले पुरस्कृत हुने पत्रकारको अझ जिम्मेवारी थपएिको हुँदा बालबालिकाका विषयमा थप योगदानको अपेक्षा रहेको बताउनु भयो । केन्द्रीय बालकल्याण समितिका कार्यकारी निर्देशक तारक धितालले पुरस्कृत हुने पत्रकारलाई बधाई दिँदै बालबालिका एकदमै संवदनशील हुनेहँुदा बालबालिकाका विषयमा सबै सचेत हुन आग्रह गर्नु आग्रह गर्नुभयो ।
बधाई तथा शुभकामना व्यक्त गर्ने क्रममा सूचना विभागका महानिर्देशक बिरबहादुर राईले पत्रकारितामा शब्दको छनोटले धेरै ठुलो प्रभाव राख्ने हुँदा शब्दसंयोजनमा सबै सचेत रहनसके समाजका सबै व्यक्तिहरुलाई राम्रो हुन बताउनु भयो । कार्यक्रममा केन्द्रीय बालकल्याण समितिका अध्यक्ष बबिना श्रेष्ठले पुरस्कृत सबै पत्रकारलाई बधाई दिनु भयो ।