क्रियाशील पत्रकार महिला मकवानपुरको अध्यक्षमा रेश्मी कार्की चयन

छहारी संवाददाता
असार २५, २०७४

क्रियाशील पत्रकार महिला मकवानपुरको तेस्रो साधारण सभाले रेश्मी कार्कीको अध्यक्षतामा ११ सदस्यी नयाँ कार्य समिति चयन गरेको छ ।

आइतबार हेटौडामा सम्पन्न साधारण सभाले उपाध्यक्षमा शुभलक्ष्मी विश्वकर्मा, सचिवमा भावना रिजाल श्रेष्ठ, कोषध्यक्षमा आरती ढकाललाई चयन गरेको हो ।

यस्तै सदस्यहरुमा प्रिया पौडेल, सम्झना रिजाल, रुपा गुरुङ, मीना श्रेष्ठ, शान्ति सेञ्चुरी,शोभा कुमारी बराल र सुनु थिङ चयन भएका छन् ।
नेपाल पत्रकार महासंघ मकवानपुरको सभाहलमा भएको कार्यक्रममा वरिष्ठ पत्रकार सम्झना कार्कीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई, पूर्व अध्यक्ष भानुभक्त आचार्य, पूर्व केन्द्रीय सदस्य प्रताप विष्ट, क्रान्तिकारी पत्रकार संगठन मकवानपुरकी अध्यक्ष रुपा गुरुङ, नेपाल पत्रकार महासंघ कार्यसमिति सदस्य अशोक सुजन श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*