महिला उद्यमीहरुको भेला हेटौडामा
नेपालको अर्थतन्त्रमा महिला उद्यमीहरुको भूमिका तथा नेपाली महिला उद्यमीहरुको प्रवद्र्वन विषयक २ दिने अन्तरकृया कार्यक्रम शुक्रबारबाट हेटौंडामा सुरु भएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ महिला उद्यमी विकास समितिको आयोजनामा सुरु भएको अन्तरकृयाको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले उद्घाटन गर्नु भएको हो । अन्तरकृयामा ३७ वटा जिल्ला नगर उद्योग वाणिज्य संघका महिला उद्यमीहरुको उपस्थिति रहेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ महिला उद्यमी विकास समिति अध्यक्ष कमला श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका मेयर महतले स्थानीय तहबाट महिला उद्यमीहरुलाई सक्षम बनाउन स्थानीय तहको साथ र सहयोग आवश्यक रहेको बताउनु भयो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका महासचिव सुरेशमान श्रेष्ठ, कार्य समिति सदस्यहरु अरुणराज सुमार्गी, हेटौंडा उपमहानगरपालिकाका उपमेयर मीना लामा, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपाने लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रम अमृता नेपालले संचालन गर्नु भएको हो ।