भारतमा पहिरामा परी तीन नेपालीको मृत्यु, तीन भारतीयको समेत ज्यान गयो

छहारी संवाददाता
असार २३, २०७४

भारतमा पहिरामा परी तीन नेपालीको मृत्यु भएको छ । घटनामा अन्य तीन भारतीय नागरिकको समेत ज्यान गएको छ ।
बिहिबार भारत उत्तराखण्डको पिथौरागढ जिल्लास्थित धारचुलामा पहिरो जाँदा जिपमा सवार तीन नेपालीको मृत्यु भएको हो । घटनामा अन्य दुई नेपाली घाइते भएका छन् ।
मृत्यु हुनेमा दुँहु गाउँपालिकाको पिपलचौरीका हिरादेवी बम, उनका अढाई वर्षीय छोरा ओमकार र १२ वर्षीया छोरी प्रियंका रहेको प्रहरी नायव उपरीक्षक केदार खनालले जानकारी दिनुभयो ।
घाइते नेपालीको भारतको धारचुलास्थित अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*