बिहे भोजको खर्च सामाजिक कार्यमा

छहारी संवाददाता
असार २२, २०७४

पत्रकार महासंघका पुर्व केन्द्रिय सदस्य एवं मकवानपुर शाखका पुर्व अध्यक्ष पत्रकार प्रताप विष्टले आफ्नो छोरा बिहंगम विष्टको बिहेको भोजको अवसरमा खर्च हुने सात लाख एघार हजार एक सय एघार रुपैयाँ  नेपाल पत्रकार महासंघ मकवानपुर शाखा ,मानवसेवा आश्रम र चेपाङको प्रतिमा स्थापनाका लागि सहयोग गरेका छन् ।
पत्रकार विष्टले मानवसेवा आश्रममा एक कार्यक्रमको आयोजना गरी ५ लाख ११ हजार १ सय रुपैयाँ मानव सेवा आश्रमलाई , १ लाख रुपैयाँ नेपाल पत्रकार महासंघ मकवानपुर शाखालाई , १ लाख रुपैयाँ कैलाश गाउँपालिकामा जयपति चेपाङको प्रतिमा स्थापनाका लागि सहयोग गरेका हुन् ।
 विष्टले मानवसेवा आश्रममै आयोजीत  कार्यक्रम मार्फत मानवसेवा आश्रमलाई चेक हस्तान्तरण गरेको छन  ।  विहेमा हुने  खर्चलाई सामाजिक सेवाको क्षेत्रमा क्रियाशील रहेका  विभिन्न संस्थालाई सहयोग गरेको विष्टले बताए ।
 सहयोग रकम हस्तान्तरण कार्यक्रम हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत  मानवसेवा आश्रमका संरक्षक डाक्टर गोविन्द टण्डन ,प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद शर्मा, नेपाली काँग्रेस मकवानपुरका कार्यवाहक सभापति विष्णु लामिछाने ,नेकपा एमाले मकवानपुरकी अध्यक्ष मुनु सिग्देल, नेकपा माओवादी केन्द्र मकवानपुरका संयोजक प्रेमबहादुर पुलामी लगायत अन्य व्यक्तीहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*