पेट्रोलियम पदार्थको मूल्य घट्यो, पेट्रोल प्रतिलिटर ९८, डिजेल तथा मट्टितेल ७४ रुपैयाँ

मूल्य घटाएपछि पनि आयल निगमलाई आगामी १५ दिनमा ४० करोड रुपैयाँ मुनाफा हुने
छहारी संवाददाता
असार १९, २०७४

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य समान २ रुपैयाँ प्रतिलिटर घटाइएको छ भने हवाइ इन्धन प्रतिलिटर ४ रुपैयाँ र खाना पकाउने एलपी ग्यासको मूल्य २५ रुपैयाँ प्रतिसिलिन्डर घटाइएको निगम प्रवक्ता सिताराम पोख्रेलले जानकारी दिनुभयो ।
उपभोक्ताले सोमबारबाट पेट्रोल प्रतिलिटर ९८ रुपैयाँ, डिजेल तथा मट्टितेल प्रतिलिटर ७४ रुपैयाँमा खरिद गर्न पाउनेछन् । हवाइ इन्धन ८२ रुपैयाँ प्रतिलिटर र खाना पकाउने ग्यास प्रतिसिलिन्डर एक हजार तीन सय ५० रुपैयाँमा उपलब्ध हुनेछ ।
पेट्रोलियमको मूल्य घटाएपछि पनि आयल निगमलाई आगामी १५ दिनमा ४० करोड रुपैयाँ मुनाफा हुनेछ । नेपाल आयल निगमले आइतबार रातिदेखि यो मुल्य लागू गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*