खाद्य अधिकार जिल्ला सञ्जाल मकवानपुरको आगामी आर्थिक बर्षको रणनैतिक कार्ययोजना निर्माण

छहारी संवाददाता
असार १९, २०७४

खाद्य अधिकार जिल्ला सञ्जाल मकवानपुरले आगामी आर्थिक बर्षको रणनैतिक कार्ययोजना बनाएको छ। आइतबार हेटौंडामा भएको कार्यशालामा जिल्ला कृषी बिकास कार्यालय मकवानपुरका वरिष्ठ कृषि विकास अधिकृत निर्मल गदाल र फियान नेपालकी लक्ष्मी गुरुङ्गले सहजिकरण गर्नुभएको थियो।

कार्यक्रममा खाद्य अधिकारका आयामहरु , खाद्य पर्याप्तता, पहुँच, उपलव्धता र दिगोपना, संस्थाको परिदृष्य, परिकल्पना, लक्ष्य, उदेश्य, क्रियाकलाप, उपलव्धी लगाएतका बिषयमा प्रशिक्षण दिईएको थियो । यस्तै कार्यक्रममा आगामी कार्यकालको लागि सम्राट तुम्वाहाम्फेलाई  खाद्य अधिकार जिल्ला सञ्जालको सहसंयोजक चयन गरिएको छ ।  
कार्यक्रममा खाद्य अधिकार जिल्ला सञ्जालका संयोजक बोलबहादुर कार्की, राष्ट्रिय कृषक समुह महासंघका महानन्द सापकोटा, नेपाल किसान संघकी लक्ष्मी गौतम, अखिल नेपाल किसान महासंघ क्रान्त्रिकारीका गंगा श्रेष्ठ, खाद्य अधिकार जिल्ला सञ्जालका कार्यसमिति सदस्य लगाएतको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*