प्रहरीले संचारकर्मीलाइ गरेको दुव्र्यवहार प्रति नेपाल पत्रकार महासंघ मकवानपुर शाखाद्धारा आपत्ति
प्रहरीले रेडियो सरोवरका स्टेशन म्यानेजर राजु लामिछानेलाई दुव्र्यवहार गरेको प्रति नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले आपत्ति जनाएको छ ।
महासंघ विज्ञप्ति जारी गरी संचारकर्मीमाथि प्रहरीले देखाएको व्यवहारप्रति आपत्ति जनाएको हो ।
महासंघका जिल्ला सचिव गणेश दर्पण अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा लेखिएको छ–बिहीबार साँझ करिब ७ बजेको समयमा ‘सितलमहल चोकमा प्रहरीले सवारी साधन चेकिङ गरिरहेको फोटो खिचेको कारण प्रहरी सहायक निरीक्षक डी।सी।चौधरी र प्रहरी जवान शोभी पासवान लगायतले सञ्चारकर्मी लामिछानेको मोबाइल र मोटरसाइकलको साँचो खोसेर लछारपछार गर्दै प्रहरीको गाडीमा हाल्ने प्रयास गर्नु अत्यन्तै निन्दनीय कार्य हो ।’
‘सार्वजनिक स्थानमा प्रहरीको गतिविधि बारे समाचार संकलन तथा तस्वीर लिन पाउने प्रेस स्वतन्त्रता रहँदारहँदै पनि प्रहरीले सञ्चारकर्मीलाई गरेको यस्तो निन्दनीय कार्यको महासंघ घोर भत्सर्ना गर्दछ ।’ विज्ञप्तिमा उल्लेख छ ।
यस्ता कृयाकलापले सञ्चारकर्मीलाई हतोत्साहित गर्ने भएकोले सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदै महासंघले आगामी दिनमा यस्ता कार्य नगर्न नगराउन अनुरोध गर्नुका साथै सञ्चारकर्मी माथि दुव्र्यवहार गर्ने असई र प्रहरी जवानमाथि कारबाहीको माग गर्दै आगामी दिनमा यस्तो हर्कत नदोहो¥याउने बिषयमा गम्भीर हुन प्रहरीलाई ध्यानाकर्षण गराएको छ ।
यसैबीच, जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी वसन्तकुमार लामाले भने लामिछानेलाई लछारपछार र दुव्र्यवहार नगरेको भन्दै बचाउ गर्नु भएको छ । उहाले साँझ ७ बजेपछि शितलमहल चोकमा प्रहरी चेकिङ भइरहेको समयमा बाईक रोकी लाईसेन्स् माग्दा लामिछानेले ‘म पत्रकार हुं, किन चाहियो लाईसेन्स् रु’ भन्दै प्रहरीलाई जवाफ दिएको बताउनुभयो ।
प्रहरी र लामिछानेका बिचमा भनाभन भएपछि स्थानीयहरु पनि त्यहाँ जम्मा भएको र पछि मात्र लामिछानेले कागजपत्र देखाएको एसपी लामाले बताए ।