मकवानपुरमा १० हजार ८ सय १ जना अपाङगता भएका व्यक्ति रहेको तथ्याङक सार्वजनिक
मकवानपुरमा १० हजार ८ सय १ जना अपाङगता भएका व्यक्ति रहेको एक तथ्याङकले देखाएको छ । मकवानपुर जिल्लाका अपांगता भएका व्यक्तिहरुको अवस्था विश्लेषण–२०७४ नामक पुस्तकमा यो तथ्याङक उल्लेख छ ।
मकवानपुर जिल्लाको एक उपमहानगरपालिका,एक नगरपालिका र साविकका ३५ वटा गाविसका ८८ हजार १८ घर धुरीमा गरिएको सर्वेक्षणबाट अपांगता भएका व्यक्तिको पहिचान गरिएको पुस्तकमा उल्लेख छ । नेत्रहीन संघ, पुर्नस्थापन कार्यक्रम मकवापुरले अपांगता भएको व्यक्तिको अवस्था तथा घरधुरी सर्वेक्षण कार्यक्रम गरेको थियो ।
मकवानपुर जिल्लामा ५ हजार २ सय ९ महिला,५ हजार ५ सय ९१ जना पुरुष र १ जना तेस्रो लिङ्गी अपांग रहेको तथ्यांकमा जनाईएको छ ।
अपांगता सम्बन्धि विवरण हेर्दा सबैभन्दा धेरै अल्पदृष्टि युक्त व्यक्ति ४ हजार ५ सय २१, शारिरीक अपांगता भएका २ हजार ८ सय ६१, दृष्टिविहिनको संख्या ७ सय ८, अटिजम ११, बहिरा ६ सय २५, श्रवण–दृष्टिविहिन ८३, सुस्त श्रवण ५ सय ४२, बौद्धिक अपांग १ सय ४६, मनोसामाजिक अपांगता भएका २ सय ५२, बहु अपांग ६ सय २३, स्वर बोलाई सम्बन्धि अपांगता भएका ३ सय ९२, अन्य अपांगता भएका ३७ जना रहेको सर्वेक्षणमा जनाइएको छ ।
सर्वेक्षणमा अपांगता भएका व्यक्तिको व्यक्तिगत तथा पारिवारिक अवस्था,अपांगताका प्रकार,अपांगताको कारण,पुर्नस्थापना सेवामा पहुँच, शिक्षा सम्बन्धि विवरण, पेशा र आर्थिक अवस्था, सामाजिक सहभागिता लगायतमा विश्लेषण गरिएको छ ।
पुस्तक सार्वजनिकरण कार्यक्रमका प्रमुख अतिथि हेटौडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले अपांगमैत्री विकास योजना ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपाल नेत्रहीन
नेपाल नेत्रहीन संघ पुनस्र्थापन कार्यक्रमको आयोजना र एन.ए.वि.पी नर्वे तथा प्लान इन्टरनेशनल नेपाल हेटौडा फिल्ड अफिसको सहयोगमा भएको कार्यक्रममा संघका अध्यक्ष रमेश पोखरेलको अध्यक्षतामा रहेको थियो ।