कमल कोइरालालाइ मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मानित गरिने

छहारी संवाददाता
असार १५, २०७४

मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कार यस वर्ष वरिष्ठ पत्रकार तथा लेखक कमल कोइरालालाइ सम्मानित गरिने भएको छ । एमाले प्रचार विभागले स्थापना गरेको ५० हजार रुपैयाँ राशिको पुरस्कारबाट  कोइरालालाई सम्मानित गरिने भएको हो ।
छनोटका लागि नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टको अध्यक्षतामा बरिष्ठ पत्रकार तीर्थ कोइराला, शार्दूल भट्टराई र शीतल साह रहनु भएको छनोट समिति गठन गरिएको थियो । समितिको सिफारिसका आधारमा  यस्तो निर्णय गरिएको एमाले प्रचार विभाग सचिव विष्णु रिजालले जानकारी दिनुभएको छ ।
पाँच दशकदेखि लेखन र सम्पादनमा संलग्न कमल कोइराला ‘दृष्टि’, ‘जनआस्था’, ‘रोडम्याप’लगायतका साप्ताहिक पत्रिकामा योगदान गर्नुका साथै विभिन्न पत्रपत्रिकामा स्तम्भकारका रुपमा सक्रिय हुनुहुन्छ ।
गतवर्ष यो पुरस्कार बरिष्ठ फोटो पत्रकार चन्द्रशेखर कार्कीलाई प्रदान गरिएको थियो । छिट्टै कार्यक्रम आयोजना गरी पुरस्कार वितरण गरिने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*