दोस्रो चरण निर्वाचनमा ७० प्रतिशतभन्दा बढी मत खस्यो : निर्वाचन आयोग

छहारी संवाददाता
असार १५, २०७४

स्थानीय तहको दोस्रो चरण निर्वाचनमा ७० प्रतिशतभन्दा बढी मत खसेको निर्वाचन आयोगले जनाएको छ । सबैभन्दा बढी मत बाजुरामा ८० प्रतिशत र सबैभन्दा कम भोजपुरमा ६१ प्रतिशत खसेको छ ।
प्रदेश नम्बर १, ५ र ७ मा दोस्रो चरण निर्वाचनअन्तर्गत आज बिहान ७ बजेदेखि साँझा पाँच बजेसम्म मतदान भएको थियो ।

३५ जिल्लाका ३३४ स्थानीय तहमा जनप्रतिनिधि चयन गर्न मतदाताले ठूलो उत्साहका साथ मतदान गरेका छन् । पहिलो चरणको निर्वाचनमा ७३ प्रतिशत मतदान भएको थियो ।
मध्य बर्खामा गरिएको निर्वाचन भए पनि मतदाताको उत्साह उल्लेख्य रहेको निर्वाचन आयोगले जनाएको छ । मतदान सकिएपछि आजै निर्वाचन आयोगले केन्द्रीय कार्यालयमा गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले दोस्रो चरण निर्वाचनमा मतदाताको सहभागिता उल्लेख्य रहेको बताए ।
सबै केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको पनि उनले बताए । उनले २ असोजका लागि तय गरिएको तेस्रो चरणको निर्वाचन पनि शान्तिपूर्ण र उत्साजनक रूपमै सम्पन्न हुने बताए । मतपेटिकाहरू संकलन भएपछि मतगणनाको काम सुचारु हुने आयोगले जनाएको छ ।
साभारः नया पत्रिका अनलाइन

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*