स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा मतदान जारी

तीन प्रदेशका स्थानीय तहबाट १५ हजार ३८ जनप्रतिनिधि निर्वाचित हुने
छहारी संवाददाता
असार १४, २०७४

स्थानीय तहको दोस्रो चरणको निर्वाचन अन्तर्गत अहिले मतदान भइरहेको छ । प्रदेश नं १, ५ र ७ का स्थानीय तहहरुमा उत्साहका साथ मतदान भइरहेको छ । 

बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको छ । तर साँझ ५ बजेभित्र लाइनमा बसेकाले मतदान गर्न पाउने निर्वाचन आयोगले जनाएको छ ।  
यसपटक पनि गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाको प्रमुख, उपप्रमुख र वडाध्यक्ष, वडा सदस्य, महिला वडा सदस्य र दलित, महिला वडा सदस्य पदका लागि निर्वाचन हुनेछ ।

दोस्रो चरणको निर्वाचनमा एक महानगरपालिका, सात उपमहानगरपालिका, १ सय ११ नगरपालिका र २ सय १५ गाउँपालिकामा निर्वाचन हुनेछ ।
तीन प्रदेशका स्थानीय तहबाट १५ हजार ३८ जनप्रतिनिधि निर्वाचित हुनेछन् । चार हजार ५ सय ८१ मतदानस्थलका आठ हजार ३ सय ६८ मतदान केन्द्रमा मतदान हुँदै छ ।

स्थानीय तहको नेतृत्व गर्ने स्थानीय व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको जिम्मेवारी निर्वाह गर्ने जनप्रतिनिधिको चयन गर्नेछ । ६२ हजार ४०८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् भने ४१ जना निर्विरोध निर्वाचित भइसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*