भोली १, ५ र ७ नम्बर प्रदेशका ३५ जिल्लामा मतदान हुँदै
दोस्रो चरण निर्वाचन अन्तर्गत १, ५ र ७ नम्बर प्रदेशका ३५ जिल्लामा असार १४ गते अर्थात भोली मतदान हुँदैछ ।
मतदान केन्द्रमा बुथहरूको निर्माण कार्य धमाधम भइरहेको निर्वाचन आयोगले जनाएको छ । तोकिएका स्थानमा निर्वाध रुपमा मतदान सम्पन् गर्नका लागि तयारी अन्तिम चरणमा पुगेको आयोगले जनाएको छ ।
दोस्रो चरणको निर्वाचन अन्तरगत प्रदेश नंबर १ मा झापा, इलाम, पाँचथर, मोरङ, सुनसरी, सोलुखुम्बु, धनकुटा, तेह्रथुम, ताप्लेजुङ, खोटाङ, ओखलढुङगा,भोजपुर, उदयपुर र संखुवासभामा मतदान हुँदैछ ।
यस्तै ५ नंबर प्रदेश अन्तरगत रोल्पा, रुकुम, बाँके, बर्दिया, रुपन्देही, प्यूठान, पाल्मा, गुल्मी, नवालपासी, कपिलवस्तु, दाङ, अर्घाखाचीमा मतदान हुदैछ।
यसैगरी प्रदेश नंबर ७ मा बैतडी, दार्चुला, कैलाली, कञ्चनपुर, बाजुरा, बझाङ, डोटी, डडेलधुरा र अछाममा मतदान हुदैछ ।
यसैबीच दोस्रो चरणको निर्वाचनका लागि मतदाता परिचयपत्र वितरणको कार्य पनि तिब्र रुपमा अघि बढिरहेको छ ।
परिचयपत्र विा मतदान गर्न नपाइने भएकाले आआफ्ना परिचयपत्र लिन निर्वाचन आयोगले मतदातालाई आह्वान गरेको छ ।
त्रुटीवश परिचयपत्र नबनेको भए परिचय खुल्ने सरकारी मान्यता प्राप्त कागजपत्रको आधारमा पनि मतदान गर्न पाइने आयोगको भनाई छ ।