इदउल फित्र अर्थात इद आज देशभर मनाइदै

राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायतद्धारा शुभकामना व्यक्त
छहारी संवाददाता
असार १२, २०७४

इस्लाम धर्मालम्बीहरुको महान् चाड इदउल फित्र अर्थात इद सोमबार देशभर मनाइदैछ । मुस्लिम समूदायले हिजरी सम्बतको रमजान महिनाभर ब्रत बसेपछि हर्षोल्लास पूर्वक इद मनाउने गर्दछन् । पर्वको अवसरमा देशभरका मस्जिदहरुमा विहानैदेखी मुस्लिम धर्मावलम्वीहरुको घुइँचो छ ।
मुस्लिम क्यालेन्डर अनुसार रमजान महिना भर सुर्योदय भएदेखि सुर्यास्त नहुँदासम्म उपबास अर्थात रोजा बस्ने चलन छ ।
इदुल फित्रका दिन विहान नुहाई धुवाई गरी सेवई, खजुर, फलफूल लगायत मिठा परिकार खाने र खुवाउने चलन छ । यस्तै अर्कासँग गला मिलाएर इदको शुभकामना आदान–प्रदान गर्दै भाइचारा र आत्मियता साटासाट गरिन्छ ।
यसैबिच सरकारले इस्लाम समुदायको पर्व ईद ९इद उल–फित्र०को अवसरमा आज सार्वजनिक बिदा दिने दिएको छ ।
राष्ट्रिय मुस्लिम आयोगले इस्लाम धर्मावलम्बीहरुको महान् पर्व इदका अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गरेको छ ।
 यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीले इदका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली इस्लाम धर्मावलम्बीमा सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ । यसैगरी उपष्ट्रपति नन्दबहादुर पुन , प्रधानमन्त्री शेरबहादुर देउवा , नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतले पनि इदरको अवसरमा नेपाल र नेपाल बाहिर रहनुभएका सम्पूर्ण मुस्लिम समुदायका दिदीबहिनी दाजुभाइमा शुभकामना दिँदै सामाजिक सहिष्णुता, जिम्मेवारीबोध र राष्ट्रिय एकतामा जोड दिनु भएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*