हेटौडा ४ कमलडाँडामा नयाँ प्रविधियुक्त स्वीमिङ पुलको औपचारिक उद्घाटन
हेटौडा ४ कमलडाँडामा शुक्रबारबाट नयाँ प्रविधियुक्त स्वीमिङ पुलको औपचारिक उद्घाटन गरिएको छ । हेटौडा फुटसल एण्ड स्वीमिङ सेन्टरले संचालनमा ल्याएको स्वीमिङ पुलको हेटौडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले उद्घाटन गर्नु भएको हो ।
उद्घाटन कार्यक्रममा हेटौडा उपमहानगरपालिकाका उप मेयर मिना लामा, ४ नम्बर वडाका अध्यक्ष नविन सिक्देल, २ नम्बर वडा अध्यक्ष हरि राउत, भिमफेदी गाउपालिकाका प्रमुख हिदम लामा मकवानपुर क्याम्पसका प्रमुख बच्चुराम अधिकारी लगायतकाको उपस्थिति रहेको थियो ।
हेटौंडामा संचालनमा रहेका अन्य स्वीमिङ पुल भन्दा यस स्वीमिङ पुलमा नयाँ प्रविधिको प्रयोग गरिएको फुटसलका अध्यक्ष यम सिलवालले बताउनु भएको छ ।
यस पुलमा सदैव ताजा पानी चलायमन हुने गरी ईन्जीनियरको टोलीबाट निर्माण गरिएको छ । स्वीमिङ पुलमा ताजा पानीका लागि फिल्टर हुने प्रविधि अपनाइएको छ ।
गत वर्षदेखि कार्य सुरु भएको फुटसल र स्वीमिङ पुल करीब सवा ३ करोडको लागतमा निर्माण भएको हो । स्वीमिङ पुलमा बालबालिका र वयस्कका लागि छुट्टाछुट्टै पुलको व्यवस्था गरिएको छ ।
बालबालिकाको लागि १ सय ५० र ठूलाका लागि २ सय रुपैया टिकट दर कायम गरिएको छ । अग्रिम टिकट बुकिङ गर्न चाहनेहरुका लागि एक वर्षको १२ हजार रुपैया अर्थात दिनको ३० रुपैया मात्रै लिने व्यवस्था गरिएको छ ।
साँझपख स्वीमिङका लागि ईभेनिङ लाईटको समेत व्यवस्था गरिएको सेन्टरले जनाएको छ । स्वीमिङ पुलमा १ हप्ता सम्मको पौडी प्रशिक्षणको व्यवस्था पनि गरिएको छ । हाल हेटौंडाका ३ वटा विद्यालयका विद्यार्थीहरुलाई तालिम दिइएरहेको अध्यक्ष यम सिलवालले जानकारी दिए ।
फुटसल र स्विमीङ पुलमा सिलवाल सहित हरिकृष्ण मैनाली, विजय गिरी र रघुराम कार्कीको सहकार्य रहेको छ ।