स्वास्थ्य विमा सम्बन्धि एक दिने अभिममुखिकरण सम्पन्न
मकवानपुर जिल्लाका सरोकारवालाहरुका लागि सामाजिक स्वास्थ्य सुरक्षा स्वास्थ्य विमा सम्बन्धि एक दिने अभिममुखिकरण तथा छलफल कार्यक्रम बिहिबार सम्पन्न भएको छ ।
जिल्ला समन्वय समितिको हलमा भएको कार्यक्रममा स्वास्थ्य विमाको आवश्यकता, यसको उदेश्य, विमाको प्रकिया, विमा कार्यक्रममा सहभागी हुन लाग्ने रकम, विमा कार्यक्रमको सुविधा योजना, यसको प्रभावकारीता लगायतका विषयमा छलफल गरिएको थियो ।
विमा कार्यक्रम अन्तरगत जुनसुकै समयमा सदस्य बन्न सकिनेछ भने पाँच जना सम्मको परिवारले वार्षिक प्रति परिवार २५ सय रुपैया तिर्नु पर्नेछ । अर्थात दैनिक ७ रुपैया जम्मा गर्दा पुग्नेछ ।
सदस्य बनेका परिवारले आवश्यक पर्दा वार्षिक ५० हजार अर्थात प्रति व्यक्ति १० हजार सम्मको स्वास्थ्य सेवा लिन सकिने जनाइएको छ ।
कैलाली, बाग्लुङ र इलामबाट सुरु भएको स्वास्थ्य विमा अभियान क्रमशः अन्य जिल्लामा पनि बिस्तार गर्दैै लैजाने लक्ष्य राखिएको छ ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्थानिय विकास अधिकारी नारायण प्रसाद मैनाली, क्षेत्रिय निर्देशक तथा स्वास्थ्य निरिक्षक डा. वासुदेव पाण्डे, जिल्ला स्वास्थ्य सुरक्षा संयोजन समितिका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।
सााजिक स्वास्थ्य सुरक्षा संयोजन समितिका अध्यक्ष नारायण प्रसाद मैनालीको अध्यक्षतामा कार्याक्रम सम्पन्न भएको हो ।