हेटौडा फुटसल एण्ड स्वीमिङ सेन्टरद्धारा पत्रकार महासंघ मकवानपुर शाखालाई १६ थान कुर्सी सहयोग
हेटौडा फुटसल एण्ड स्वीमिङ सेन्टरले नेपाल पत्रकार महासंघ मकवानपुर शाखालाई १५ थान प्लास्टिकको र १ थान घुम्ने कुर्सी गरी १६ थान कुर्सी सहयोग गरेको छ ।
यही असार ९ गते संचालनमा आउने स्वीमिङ सुलको बारेमा जानकारी दिन सेन्टरले मंगलबार आयोजना गरेको कार्यक्रममा बोल्दै फुटसलका अध्यक्ष यम सिलवालले आगामी दिनमा पनि पत्रकार महासंघसँग सहकार्य गरी अघि बढ्ने बताउनुभयो ।
पत्रकार सम्मेलनमा बोल्दै उहाले हेटौंडामा संचालनमा रहेका अन्य स्वीमिङ पुल भन्दा फरक व्यवस्थापनका साथमा स्वीमिङ पुलको सुरुवात गरिएको बताउनु भएको छ ।
अन्य स्वीमिङ पुल भन्दा नयाँ प्रविधिमा बनाइएको यस पुलमा सदैव ताजा पानी चलायमन हुने गरी ईन्जीनियरको टोलीबाट निर्माण गरिएको सम्मेलनमा जानकारी गराइएको छ ।
गत वर्षदेखि कार्य सुरु भएको फुटसल र स्वीमिङ पुल करीब सवा ३ करोडको लागतमा निर्माण भएको हो । स्वीमिङ पुलमा ताजा पानीका लागि फिल्टर हुने प्रविधि अपनाइएको छ ।
स्वीमिङ पुलमा बालबालिका र वयस्कका लागि छुट्टाछुट्टै पुलको व्यवस्था गरिएको छ । बालबालिकाको लागि १ सय ५० र ठूलाका लागि २ सय रुपैया टिकट दर कायम गरिएको छ । साँझपख स्वीमिङका लागि ईभेनिङ लाईटको समेत व्यवस्था गरिएको सेन्टरले जनाएको छ ।
स्वीमिङ पुलमा १ हप्ता सम्मको पौडी प्रशिक्षणको व्यवस्था पनि गरिएको छ । हाल हेटौंडाका ३ वटा विद्यालयका विद्यार्थीहरुलाई तालिम दिइएरहेको अध्यक्ष सिलवालले जानकारी दिए ।
फुटसल र स्विमीपुलमा सिलवाल सहित हरिकृष्ण मैनाली, विजय गिरी र रघुराम कार्कीको सहकार्य रहेको छ । कुर्सी हस्तान्तरण कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष हरी हुमागाई, उपाध्यक्ष कुमार अधिकारी, अर्का उपाध्यक्ष सरीता शशि, सचिव गणेश दर्पन अधिकारी, कोषध्यक्ष सुदिप सिवाकोटी, लगायत अन्य संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।
स्वीमिङ पुल औपचारिक रुपमा आउँदो ९ गते संचालन हुने पनि सिलवालले जानकारी दिनुभयो ।