दोस्रो चरणमा असार १४ गते प्रदेश नम्बर १, ५ र ७ मा निर्वाचन हुँदै

तीन प्रदेशका ३५ जिल्लाका १ महानगरपालिका, ७ उपमहानगरपालिका, १११ नगरपालिका र २१५ गाउँपालिका निर्वाचन हुने
छहारी संवाददाता
असार ४, २०७४

आगामी असार १४ गते तीन प्रदेशमा हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि आइतबार उम्मेदवारी दर्ता हुँदैछ । निर्वाचन आयोगले बिहान ८ देखि अपरान्ह ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकेको छ ।
आयोगका अनुसार भोलि सोमबार मनोनयनपत्र जाँच, उम्मेदवारको नामावली प्रकाशन र नाम फिर्ता लिने कार्यतालिका रहेको छ ।
यस्तै असार गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र सोही दिन उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने निर्वाचन आयोगले जनाएको छ ।

दोस्रो चरणमा प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लाका १ महानगरपालिका, ७ उपमहानगरपालिका, १११ नगरपालिका र २१५ गाउँपालिकामा निर्वाचन हुँदैछ ।
निर्वाचनमा ४ हजार ५ सय ८१ मतदान स्थलमा ८ हजार ३ सय ६४ मतदान केन्द्र रहने आयोगमा प्रवक्ता सुर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।
उहाका अनुसार मतदान कार्यमा सुरक्षाकर्मी बाहेक ६६ हजार ९ सय कर्मचारी खटिनेछन् । मतदाता शिक्षाका लागि आयोगले दोस्रो चरणको निर्वाचनमा हरेक मतदान केन्द्रमा कम्तीमा एकजना मतदाता शिक्षा कार्यकर्ताका दरले झण्डै ८ हजार ३ सय ५० कर्मचारीलाई मतदाता शिक्षाका सामग्रीसहित परिचालन गरेको बताएको छ ।
यस्तै दोस्रो चरणको निर्वाचनमा करिब सात हजार पर्यवेक्षकले निर्वाचनको पर्यवेक्षण गर्न पाउनेछन् । विभिन्न ४७ संस्थाका ७ हजार ८९ जना पर्यवेक्षकले पर्यवेक्षण गर्ने आयोगले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*