२ नम्बर प्रदेशको निर्वाचन सार्ने निर्णयले मुलुकलाई अनिश्चिततातर्फ लैजाने सरकारको पहिल्यैदेखिको उद्देश्य पुष्टि भयोः एमाले
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले २ नम्बर प्रदेशको निर्वाचन सार्ने निर्णयले मुलुकलाई अनिश्चिततातर्फ लैजाने सरकारको पहिल्यैदेखिको उद्देश्य पुष्टि भएको दाबी गरेको छ ।
विभिन्न चरणमा भएका वार्तामा समेत कुनै पनि हालतमा निर्वाचन सार्न नहुने कुरामा जोड दिँदै आएको भन्दै उसले सरकारले मुलुकमा विभाजनको मानसिकता तयार गर्ने गम्भीर अपराध गरेको आरोप लगाएको छ ।
निर्वाचन सार्ने घटनाले राष्ट्रिय एकतामा विभाजन चाहने विखण्डनकारीको मनोबल बढाएको समेर्त मालेको निष्कर्ष छ ।
एमाले सचिव योगेश भट्टराईले जारी गर्नु भएको वक्तव्या भनिएको छ,‘निर्वाचन पछि सार्ने निर्णले प्रदेश नम्बर २ का जनताको स्थानीय सरकारको अभ्यास गर्ने अधिकार मात्र कुण्ठित भएको छैन, संविधान कार्यान्वयनमा समेत गम्भीर धक्का पुर्याएको छ ।’
यसैबचि, आफ्नो सहमतिविना सत्तारुढ गठबन्धन र राष्ट्रिय जनता पार्टीसँगको परामर्शमा २ नम्बर प्रदेशमा एकतर्फी रूपमा निर्वाचन सार्ने निर्णय लिएको भन्दै एमालेले सरकारको निर्णय विरुद्ध भण्डाफोर अभियान चलाउने भएको छ ।
भावनात्मक रूपमा २ नम्बर प्रदेशका जनतालाई अलग्याएर राष्ट्रियता कमजोर पार्ने सबैखाले षड्यन्त्र विरुद्धको अबको अभियान केन्द्रित एमालेले जनाएको छ ।
त्यस्तै, एमालेले सरकारका कदम विरुद्ध सचेत रहँदै प्रदेश नम्बर २ मा पार्टीका नियमित कामहरू अघि बढाउन तल्ला कमिटीहरूलाई निर्देशन समेमत दिएको छ ।