एसइईको नतिजा सार्वजनिक

नियमिततर्फ ४ लाख ४५ हजार ५६४ , एक्जाम्टेडतर्फ १६ हजार ५७२ जना उत्तीर्ण
छहारी संवाददाता
असार २, २०७४

माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा शुक्रबार सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले परीक्षाको नतिजा सार्वजनिक गरेको हो । नियमिततर्फ ४ लाख ४५ हजार ५६४ जना उत्तीर्ण भएका छन् भने एक्जाम्टेडतर्फ १६ हजार ५७२ जना उत्तीर्ण भएका छन् । यस वर्षको एसईई परीक्षामा ४ लाख ६२ हजार १३६ जना परीक्षार्थी संलग्न थिए ।

पनिकाले गत ३ देखि १४ चैतसम्म एसइई परीक्षा सञ्चालन गरेको थियो । एसइईका नामबाट कक्षा १० को परीक्षाफल पहिलो पटक प्रकाशित भएको हो । यसअघि एसएलसी परीक्षाका नामबाट परीक्षा सञ्चालन हुँदै आएको थियो । सरकारले शिक्षा ऐनको संशोधन गरी कक्षा ८ सम्मलाई आधारभूत र ९ देखि १२ सम्मलाई माध्यमिक तहका रूपमा पुनर्संरचना गरेपछि कक्षा १० को अन्तिम परीक्षालाई एसइई र १२ को परीक्षालाई एसएलसिई नामकरण गरेको छ ।

पनिकाले अघिल्लो वर्षदेखि लेटर ग्रेडिङ सिस्टममा नतिजा प्रकाशित गर्न थालेको हो । ऐनमा कक्षा १० को परीक्षा क्षेत्रीय स्तरमा हुने भनिए पनि राष्ट्रिय परीक्षा बोर्डको संरचना व्यवस्थित नभएका कारण विगतमा एसएलसी सञ्चालन गर्ने पनिकाबाट परीक्षा सञ्चालनदेखि नतिजा सार्वजनिक सम्मका काम भएका हुन् ।

साभारः नया पत्रिका

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*