कांग्रेसमा प्रचण्डजस्तो नेता भईदिएको भए वीपी नेतृत्वको कांग्रेसको औचित्यपुष्टि हुनेथियो  भीमसेनदास

छहारी संवाददाता
जेष्ठ २८, २०७४

काठमाण्डौं महानगरपालिकाकी उप–मेयर हरिप्रभा खडगीले आफू यूवा पलायन रोक्न र महिलाको हकहितमा पूर्ण रुपमा समर्पित भएर काम गर्ने विश्वास दिलाएकी छिन ।

आईतवार रिपोर्टर्स क्लब नेपालमा नेपाली काँग्रेस वडा नं। २८ उप–समिति भृकुटिमण्डप बजारले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा सम्मानित भएपछि उपमेयर खड्गीले यस्तो बताएकी ह्न।

दोस्रो जन–आन्दोलनको बेला भृकुटिमण्डप बजारका जनता र महानगरवासीले खेलेको महत्वपूर्ण भूमिकालाई स्मरण गर्दै खड्गीले यस क्षेत्रको विकासमा आफ्नो पूर्ण साथ रहने विश्वास समेत दिलाईन्।

त्यस्तै विशिष्ट अतिथि तथा सांसद भिमसेनदास प्रधानले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई विपीको उपमाले सम्बोधन गरेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका निवर्तमान प्रधानमन्त्री प्रचण्डले लोकतन्त्र, गणतन्त्र, स्थानीय निर्वाचन र विकास निर्माणमा खेलेको भूमिका महत्वपूर्ण रहेको बताउँदै प्रधानले भने,‘नेपाली काँग्रेसभित्र प्रचण्डजस्तो नेता भएको भए आज विपीले नेतृत्व गरेको काँग्रेसको औचित्य पुष्टि हुने थियो, प्रचण्डजीले देश र जनताको लागि जुनप्रकारको भूमिका खेल्नुभएको छ, यो निकै उदाहरणीय छ।’

सांसद प्रधानले फरक प्रसँगमा काँग्रेसले स्थानीय निर्वाचनमा कमजोर स्थान हाँसिल गरेको बताउँदै अबका निर्वाचनमा पहिलो स्थानमा आउनेगरि काम गर्नुपर्ने बताए ।

कार्यक्रमका सभापति कृष्ण गौतमले भृकुटिमण्डपलाई व्यवस्थित् बनाउनको लागि २८ वडाका जनताले पहल चाल्नुपर्ने बताए । उनले भने,‘यो भृकुटिमण्डपलाई चारैतिरबाट आक्रमण गर्ने काम भैरहेको छ, यसमा आफ्नो रोजीरोटीलाई जोगाउनको लागि प्रयत्न गर्नुपर्छ, हामीले गहन भएर लाग्नुपर्छ, म ४६ सालको आन्दोलनमा घाईते हुँ, मेरो ढाडको शल्यक्रिया गर्नुपर्नेछ, तर पनि म अधिकारका लागि कुनैपनि कसर बाँकि राख्दिन।’
रिपोटर्स नेपाल डट कम

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*