राजपा आन्दोलनको तयारीमा…सत्तारुढ दल पुनः छलफलमा

छहारी संवाददाता
जेष्ठ २८, २०७४

 सत्तारुढ दलले राष्ट्रिय जनता पार्टीलाई चुनावमा सहभागी गराउन आजपनि प्रयास जारी राख्ने भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको पहलमा कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताले राजपाको अध्यक्ष मण्डलका नेतासँगआजपनि छलफल गर्न लागेका हुन् ।
दोस्रो चरणको निर्वाचन अघि नै संविधान संशोधन नभए निर्वाचनमा भाग नलिने चेतावनी दिएको राजपालाई सहमतीमा ल्याउन छलफलमा बोलाइएको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
दोस्रो चरणको चुनावका लागि १७ दिनमात्र बाँकी रहेको अवस्थामा संविधान संशोधन लगायतका राजनीतिक मुद्दा सम्बोधन गर्न नसकिने भन्दै राष्ट्रिय जनता पार्टी नेपालले चुनावको मिति सार्न आग्रह गरेको थियो ।

तर सत्तारुढ दलहरुले अस्वीकार गरेपछि राजपाले आन्दोलमा जाने चेतावनी दिईरहेको छ ।  सत्तारुढ दलहरुले मागबारे सहमतिका लागि आजसम्म प्रयास गर्ने जनाएपनि राजपाका नेताहरुले भने आफूहरु निर्वाचनमा सहभागी हुने सम्भावना झिनो बन्दै गएको बताएका छन् ।

राजपाले आज दिउँसोसम्म सहमति नभए, आजै आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*