शेरबहादुर देउवा बहुमतका साथ प्रधानमन्त्रीमा निर्वाचित

देउवा १२ वर्षपछि सत्तामा फर्किए
छहारी संवाददाता
जेष्ठ २४, २०७४

कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा निर्वाचित हुनु भएको छ । मंगलबार संसदमा भएको प्रधानमन्त्री निर्वाचनमा देउवा ३८८ मत ल्याएर निर्वाचित हुनु भएको हो ।

कुल ५९७ मध्ये ५५८ सांसदले मतदान गरेकोमा देउवाको पक्षमा ३८८ मत र विपक्षमा १७० मत परेको छ । प्रधानमन्त्रीमा निर्वाचित हुन कुल सदस्यको बहुमत आवश्यक पर्दछ । गणतन्त्र स्थापनाको १० वर्षमा १० औँ प्रधानमन्त्रीका रूपमा देउवा १२ वर्षपछि सत्तामा फर्किनु भएको हो ।

तत्कालीन कांग्रेस प्रजातान्त्रिकका सभापति देउवालाई राजा ज्ञानेन्द्रले २०६१ जेठ २९ गते प्रधानमन्त्री नियुक्त गरेका थिए । ८ महिनापछि माघ १९ मा देउवालाई हटाएर ज्ञानेन्द्रले प्रत्यक्ष शासन गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*