बौद्धधर्म शिक्षामा मकवानपुरको पहिलो आचार्य बने सर्वजीत

छहारी संवाददाता
जेष्ठ १५, २०७४

जेष्ठ ८ गते कर्म लेक्सिलिङ उच्च बौद्धशिक्षा संस्था स्वयम्बुको आठौँ दिक्षान्त समारोहबाट मकवानपुरको धर्मगुरु आचार्य सर्वजीत गोङ्बा पनि दिक्षित हुनु भएको छ । बौद्धशिक्षामा दिक्षित हुनु भएका गोङ्वा मकवानपुरको पहिलो बौद्धधर्मको धर्मगुरु तथा आचार्य बन्नु भएको छ । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर २ मा जन्मिनु भएका गोङ्बा करिब २१ वर्षको कडा मेहेनत र त्याग पछि बौद्ध धर्मगुरु आचार्यको उपाधी हासिल गर्न सफल हुनु भएको हो । सर्वप्राणीको रक्षा तथा शान्तिको कामना गर्दै बुद्ध दर्शन र बुद्ध शिक्षालाई सबैसामु पु¥याउने लक्ष्य सहित आचार्य सर्वजीतले नेपाल र तिब्बतको बिभिन्न धर्म गुरु तथा रिम्पोछेहरुसंग ज्ञान हाँसिल गर्नु भएको हो ।
कर्म लेक्सिलिङ गुम्बा स्वयम्भु प्रमुख धर्मगुरु छोजी लामा फुन्छोक रिम्पोछेको प्रमुख आथित्यमा भएको कार्यक्रममा आचार्य गोङ्वा लगायत ११ जना लामा र आनी दिक्षित हुनु भएको थियो । 
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*