आगामी आर्थिक वर्षको बजेट सोमबार संसदमा पेश हुँदै ।

दिउँसो चार बजे सदमा बजेट पेश हुने
छहारी संवाददाता
जेष्ठ १५, २०७४

आगामी आर्थिक वर्षको राजस्व र व्ययको विवरण अर्थात बजेट सोमबार संसदमा पेश हुँदैछ । दिउँसो चार बजे अर्थमन्त्री कृष्णबहादुर महराले संसदमा बजेट पेश गर्नुहुनेछ ।

अर्थ मन्त्रालयले १२ खर्ब ८० अर्बको सीमाभित्र रहेर तयार पारेको बजेट अर्थमन्त्री महराले संसद बैठकमा पेश गर्नुहुनेछ । राष्ट्रिय योजना आयोगले सुरुमा १२ खर्ब ६ अर्बको बजेटको सीमा तोकेकोमा पछि फेरि सीमा बढाएर १२ खर्ब ८० अर्ब बनाएको हो ।

जेठ १५ गते बजेट पेश गर्ने संवैधानिक व्यवस्था रहे अनुसार अर्थमन्त्रीले पेश गर्न लाग्नुभएको हो । बजेटले संविधान कार्यान्वयन, चुनाव, ऊर्जा, पूर्वाधार, कृषि विकास, शिक्षा, स्वास्थ्य, गरिबी निवारणलगायत विषयलाई उच्च प्राथमिकतमा राखेको बजेटमा संलग्न पदाधिकारीले बताएका छन् । सरकारले ठूला पूर्वाधार र स्थानीय तहलाई पर्याप्त बजेट विनियोजन गरिएको छ ।

काठमाडौं–तराई दु्रतमार्ग, मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्ग पूर्व–पश्चिम रेलमार्ग, र शहर निर्माणमा ठूलो रकम विनियोजन गरिएको छ ।

श्रोतका अनुसार सरकारले स्थानीय तहमा गाउँपालिकाका लागि ५ करोडदेखि ६० करोडसम्म र नगरपालिकामा १५ करोडदेखि २ अर्बसम्म बजेट विनियोजन गरिने छ ।

नेपालको संविधान जारी भएपछिको दोश्रो बजेटमा गएको वर्षको तुलनामा स्थानीय तहमा धेरै रकम विनियोजन गरिएको अर्थ मन्त्रालयका प्रमुख आर्थिक सल्लाहकार  पुण्यप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*